पाल्पामा श्रीमान श्रीमती मृत फेला

२०८० माघ २२, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पाल्पा ,२२ माघ । पाल्पा रिब्दिकोट गाउपालिका ८ काहुले बस्ने श्रीमान श्रीमती मृत फेला परेका छन ।

सोमबार बिहान ९:३० बजे अन्दाजी ५३ बर्षका अमर बहादुर गाहा र श्रीमती अन्दाजि ४३ बर्षकि श्यामकला गाहा आफ्नै घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

श्रीमती सुत्ने बिस्तरामा मृत अवस्थामा र श्रीमान अर्को कोठामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धान कार्य पश्चात् शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पा पठाइएको छ ।

घटना सम्वन्धि थप अनुसन्धान कार्य जारि रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय