पाल्पामा एक व्यक्ति गोठमा मृत फेला

२०८० माघ २२, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पाल्पा,२२ माघ। पाल्पा रिब्दिकोट गाउपालिका २ दम्बक बस्ने एक व्यक्ति आफ्नै गोठमा मृत फेला परेका छन ।

सोमबार अन्दाजि ४ बजे रिब्दिकोट गाउपालिका २ दम्बक बस्ने अन्दाजि ६५ बर्षका भक्त बहादुर सार्की आफ्नै गोठको दोस्रो तल्लामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाल्पा पठाइएको प्रहरी जनाएको छ । घटना सम्बन्धि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय