स्याङ्जामा ४९ वटा आगलागीका घटना, ६ जनाको मृत्यु

२०८० फाल्गुन १३, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

पूजा खड्का

स्याङ्जा,१३ फागुन । एघार वटा पालिका भएको स्याङ्जा जिल्लामा गत आर्थिक वर्षमा ४९ वटा आगलागीका घटना घटेका छन् भने ६ जनाको मृत्यु भएको छ । जसमध्ये वालिङ्ग, पुतलीबजार र आँधीखोलामा आगलागीका घटना बढी रहेका छन् ।

आगलागीका लागि निकै जोखिम मानिने महिना फागुन चैत्र र वैशाख भए पनि विविध कारणवस अन्य महिनामा पनि आगलागीका घटना भएको जिल्ला प्रहरी कार्यालयको स्याङ्जाको तथ्यांकले देखाएको छ ।कार्यालयका सूचना अधिकारी इन्द्र बहादुर रानाका अनुसार गत आर्थिक वर्षमा स्याङ्जा जिल्ला भित्र आगलागीको घटना बाट ७९ लाख ५१ हजार बराबरको धनमाल क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले उपलब्ध गराएको आर्थिक वर्ष २०७९/८० को तथ्याङ्कलाई हेर्दा स्याङ्जा जिल्लाका एघार स्थानिय तह मध्य सबैभन्दा धेरै वालिङ्ग, पुतलीबजार र आँधीखोलामा आगलागीको घटना भएको पाइएको हाे ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले हेर्ने कुरा डट कमलाई उपलब्ध गराएको तथ्याङ्क अनुसार वालिङ्ग नगरपालिका ३ सियारकोटमा मिति २०८०/६/१० गते आगलागी हुँदा गोठ अन्न बाख्रा भैंसी सहित अन्दाजी तीन लाख असी हजार बराबरको क्षति, २०८०/७/८ गते वालिङ्ग २ कसेरीमा आगलागी हुँदा धन्सार मकै पाइप बिजुलीको तार लत्ताकपडा काठ पात गरी अन्दाजी पाँच लाख बीस हजार बराबरको धनमालको क्षति, २०८०/७/३० गते वालिङ्ग १० भकुण्डेमा जस्ताको छानामा अचानक आगलागी हुँदा कोठा भित्र रहेको सामग्री टिभी सोफासेट कपडा कार्पेट गरी अन्दाजी एक लाख बराबर, २०८०/८/२९ गते वालिङ्ग ५ पिपल टारीमा कसिङ्गर जलाउँदा कपडामा आगलागी भई एक जना घाइते, २०८०/९/४ मा वालिङ्ग १ मा बलेको बत्ती बाट आगलागी भई अन्दाजी दुई लाख बराबरको धनमाल क्षति, २०८०/१०/७ मा वालिङ्ग ३ उदियाचौरमा दाउरा बाट आगलागी भई साडीमा आगोले टिप्दा घाइते भई उपचारको क्रममामा एक जनाकाे मृत्यु भएको उक्त तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै उक्त तथ्याङ्क अनुसार पुतलीबजार नगरपालिका भित्र पुतलीबजार ५ सार्की डाडामा चुल्होमा रहेको आगो बाट आगलागी हुँदा एक जना को मृत्यु भएको,२०७९/१२/२१ मा पुतलीबजार १४ सतौंमा दुई तले घरमा आगलागी भएको,त्यसै गरी २०८०/५/२८ मा पुतलीबजार १३ लाम्पाटामा खाना बनाउने क्रममा ग्यास लिग भएर आगलागी हुँदा एक जना घाइते भई उपचारको क्रममामा मृत्यु भएको,मिति २०८०/१०/२ मा पुतली बजार ७ बाजपुरमा घरमा बिजुली सट भई आगलागी हुँदा महत्वपूर्ण कागजात नागरिकता अन्न सुन नगद लत्ताकपडा गरी नौं लाख पचहत्तर हजार बराबरको धनमाल क्षति भएको उक्त तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै गरी आँधीखोला गाउँपालिकामा गत वर्ष पुतलीबजार र वालिङ्ग नगरपालिकाको तुलनामा केही कम आगलागीको घटना भएको तथ्याङ्कमा उल्लेख छ । जसमा मिति २०७९/९/१० गते आँधीखोला गाउँपालिका राजस्वारामा खाना पकाउने क्रममा साडिमा आगलागी भई उपचारको क्रममामा मृत्यु भएको, मिति २०८०/१/५ मा आँधीखोला १ अर्घोलीमा आगलागी हुँदा तीन घरको अन्न पात सहित जलेर नष्ट हुँदा अन्दाजी तीन लाख बराबरको क्षति भएको उक्त तथ्याङ्कमा उल्लेख छ ।

उता गल्याङ्ग नगरपालिका ७ मा आगलागी हुँदा चार लाख बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएकाे छ । त्यसै गरी फेदिखोला ३ रुमतामा फोहर जलाउँदा टौवा मा आगलागी हुन गई सामुदायिक वनमा आगलागी भएको उक्त तथ्याङ्कमा उल्लेख छ ।

त्यसै गरी २०७९/११/११ मा भिरकोट ५ सिम्लेमा घरमा आगलागी हुँदा घर पूर्ण रुपमा क्षति सहित अन्न सुन वस्त्र गरी अन्दाजी दुई लाख पचास हजारको धनमाल क्षति भएको थियाे । त्यसैगरि मिति २०८०/१/२९ मा भिरकोट ९ ठुली भञ्ज्याङ्गमा खरबारीमा आगोलागी भएर आगो निभाउन जने क्रममा एक जना व्यक्ति घाइते भएर उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ । त्यसै गरी भिरकोट १ बयरघारीमा बलेको दियो खस्न गई आगलागी हुँदा डी यस यल क्यामेरा गिफ्ट सामग्री कम्प्युटर प्रिन्टर लेमिनेशन स्टेसनरी सहित अन्दाजी ५० लाख बराबरको धनमाल क्षति भएको इन्द्र बहादुर रानाले जानकारी दिनुभयाे ।

चापाकोट १० कटहरेमा घरमा आगलागी हुँदा घर पूर्ण रुपमा क्षति भएको थियाे भने मिति २०८०१/२६ मा विरुवा गाउँपालिका मडकिना भञ्ज्याङ्गमा चुल्होमा बलेको आगो बाट आगलागी भई पराल काठ जस्ता पाता नष्ट भएको प्रहरीले जनाएकाे छ । त्यस्तै गरी २०८०/१/२७ मा बिरुवा ८ सिमलगैरामा आगलागी हुँदा अन्न लत्ता कपडा नगद एक लाख तीन तोला सुन गरी अन्दाजी १० लाख बराबरको धनमालको क्षति भएको सुचना अधिकारी रानाले जानकारी दिनुभयाे । त्यसैगरी हरिनाशमा खाना पकाउँदा ग्यास लिग भई तीन जना घाइते भएको र मिति २०७९/३/३ मा बसमा आगलागी भई गाडी चालक र सह चालक घाइते भई गाडी पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएकाे छ ।

जिल्लामा सबैभन्दा कम आगलागी हुने स्थानिय तहमा अर्जुन चौपारी गाउँपालिका रहेको छ भने बढी घटना वालिङ्ग नगरपालिका मा रहेको पाइन्छ । सबैभन्दा धेरै फागुन चैत्र र वैशाखमा हुने आगलागी लाई न्यूनीकरण गर्न पुतलीबजार नगरपालिकाले विशेष पहल चालेको नगरप्रमुख तुलसी रेग्मीको भनाइ रहेको छ । त्यस्तै गरी वालिङ्ग नगरपालिकाले पनि आगलागीका घटना न्यूनीकरण गर्न जनचेतना मुलक कार्यक्रम सञ्चालन गरेको नगरप्रमुख कृष्ण खाणले हेर्नेकुरा डट कम लाई जानकारी दिनुभयो ।

तथ्याङ्क हेर्ने हो भने आगलागीको घटना फागुन चैत्र र वैशाखमा हावा हुरी बतास का कारण धेरै हुने गरेको पाइन्छ भने विद्युत सट हुँदा र मानवीय क्षति भएकाे पाइन्छ । आगलागीको जोखिम बाट सुरक्षित रहन सबै नागरिक सबै ठाउँमा सचेत हुनुपर्ने देखिन्छ । नागरिक लाई सचेत गराउन स्थानिय तहले विशेष कार्यक्रम सञ्चालन गर्न ढिला भइसक्यो । घटना घटिसकेपछि राहत लिएर पुग्नु भन्दा घटना घट्नै नदिने गरी स्थानीय तहले बेलैमा सचेत मुखी कार्यक्रम गर्नु आबस्यक छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय