काठमाडौं,२१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न उहाँको निवास कोटेश्वर जानुभएको छ । बालुवाटारमा नवगठबन्धनको बैठक चलिरहँदा उहाँ बालुवाटारबाट एक्लै निस्कीनुभएको हो।
अहिले नेपालसँग प्रधानमन्त्री प्रचण्ड र निवर्तमान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले छलफल गरिरहनुभएको छ।