काठमाडौँ, २२ फागुन । महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर क्षेत्रमा मासुजन्य पदार्थ एवं मदिरा बिक्रीमा रोक लगाइएको छ। यही फागुन २५ गते शुक्रबार परेको महाशिवरात्रि पर्वलाई मध्यनजर गरेर सो निर्णय गरिएको हो।
महाशिवरात्रिका लागि यतिखेर पशुपति क्षेत्रमा साधुसन्तहरू आउने क्रम सुरु भइसकेको छ भने पशुपति क्षेत्रको सजावटको काम पनि सुरु भएको पशुपति विकास कोषले जनाएको छ।