नेकपा एसको बैठक ११ बजे बस्दै, सत्ता गठबन्धनमा सामेल हुने संकेत

२०८० फाल्गुन २३, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,२३ फागुन । नेकपा एसले नयाँ सरकारमा सहभागी हुने विषयमा छलफल गर्न आज सचिवालय बैठक बोलाएको छ ।

नयाँ गठबन्धनमा सहकार्यको लागि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओली भेटेर आग्रह गर्नुभएको थियो । अहिले बिहान सचिवालय बैठक ११ बजे बसेर सत्ता गठबन्धनमा सामेल हुनेरनहुने निर्णय लिने जनाइएको छ ।

त्यसअघि प्रचण्डसँगको भेटमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले नयाँ गठबन्धन बनाउँदा सल्लाह नगरिएको भन्दै असन्तुष्टि जनाउनुभएको थियो । तर हिजो प्रचण्ड र ओलीको संयुक्त भेटपछि सकारात्मक भएको नेकपा एसका महासचिव घनश्याम भुसालले जनाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार