सुस्मिता हत्याकाण्ड उच्च अदालतले सफाई दिएपछि सरोकारवालाको बिरोध

२०८० फाल्गुन ३०, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का
हेटौडा,३० फागुन । हेटौडा उपमहानगरपालिका ४ सूर्य चोकमा २०७७ असार १ गते घटेको घटनाको दोषीलाई उच्च अदालतले सफाई दिएपछि सरोकारवालाहरुले विरोध जनाएका छन् ।

सोमबार एक पत्रकार सम्मेलन गर्दै जिल्ला अदालतले दोषी ठहर गरेका हरुलाई उच्च अदालतले आर्थिक चलखेलमा सफाई दिएकाे भन्दै सरोकारवालाहरुले विरोध जनाएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले सुस्मिता हत्याकाण्डका योजनाकारलाई अदालतले सफाई दिएर समाजमा त्रास सृजना गरेको धारणा राख्नुभयो । उहाँले पछिल्लो समय महिला तथा युबतीहरु बलात्कार तथा हत्याको सिकार भएको भन्दै यस्ता घटनालाई निरुत्साहित गर्नको लागि दोषी लाई कारबाही गर्नुपर्ने धरणा राख्नुभयाे ।

त्यस्तै राप्रपाका केन्द्रीय सदस्य ध्रुव रायमाझी, पत्रकार महासंघ कपिलबस्तुका कोषाध्यक्ष मोहन बेल्बासे, महिला अधिकार कर्मी दिना सुवेदी लगायतले न्यायको लागि आफूहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको थियो ।

अनुसन्धान र प्रमाणका आधारमा जिल्ला अदालतले दोषी ठहराएका मुख्य योजनाकार सुस्मिता केसी थापाको नन्द दुर्गा थापा कार्की र ज्वाइँ अरुण कार्की लाई सफाई दिनु उच्च अदालत आर्थिक प्रलोभनमा परेको आशंका गर्दै सुस्मिताको माइती पक्षले पत्रकार सम्मेलन गरेकाे थियाे । सुस्मिताको ठूलो बुवा हेम बहादुर खड्काले जिल्ला अदालतले प्रमाणको आधारमा दोषी ठहर गरी २५ वर्ष जेल सजाय तोकेको घटनामा उच्च अदालतले सपफाइ दिनुमा उच्च अदालत आर्थिक प्रलोभनमा परेको आशंका गर्न सकिने बताउनुभयाे । उहाँले भन्नुभयो “हामीले कार्यपालिका न्यायपालिका लाई दोषी देखाएको होइन प्रमाणको आधारमा गरिएको कारबाही र सजाय लाई सफाई दिनु दोषीले उन्मुक्ति पाउनु गम्भीर समस्या हाे ।” घटना भएको समय पनि सुस्मिताको परिवारजनले घटना हत्या नभै आत्महत्या भएको हो भन्ने प्रयास गरिरहेको थियो । प्रहरीको अनुसन्धानबाट आत्महत्या नभई हत्या भन्ने प्रमाण आएको पुष्टि गरेपछि घटनाले नयाँ माेड लिएकाे थियाे ।

सुस्मिताको विबाह भएको छ महिनामा माइत बाट घर फर्कने क्रममा गाडी दुर्घटनामा परी श्रीमान गुमाएकी सुस्मितालाई हेटौडाको घरमा २०७७ असार २ गते मृत फेला पर्नुभएकाे थियाे । सुस्मिताको मृत्यु अस्वभाविक ठानेपछि माइली पक्षले सत्य तथ्य छानबिनको लागि दबाब पश्चात सुस्मिताको घर कै परिवारको सँगलग्नतामा हत्या भएको प्रहरीको अनुसन्धानमा खुलेको थियो ।

अनुसन्धानका आधारमा जिल्ला अदालत हेटौंडाले सुस्मिताको नन्द दुर्गा थापा कार्की र ज्वाइँ अरुण कार्की लाई २५ वर्षको जेल सजाय सुनाएको थियो । उक्त सजाय लाई उच्च अदालतले सफाई दिने निर्णय गरेसँगै माइती पक्ष पुन न्यायको लागि विभिन्न संघर्षहरु गर्दै आएकाछन् । उनीहरूले छोरी गुमाए पनि छोरीको आत्माको शान्ति पाउनको लागि र देशमा यस्ता खालको घटना नदोहोरीन बाकी छोरी बुहारी सुस्मिता जस्तो विभत्स चित्कार बाट मारिन नपरोस् भन्दै हत्यारालाई जन्मकैदको सजाय दिनुपर्छ भन्ने माग राख्दै आएका छन् भने उनिहरू सर्वोच्चमा जाने निर्णय समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार