काठमाडौबाट गल्याङ जादै गरेको हाइस नवलपरासीमा दुर्घटना

२०८० फाल्गुन ३०, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौ,३० फागुन । काठमाडौबाट स्याङ्जाको गल्याङ तर्फ जाँदै गरेको हाइस नवलपरासीको डेड गाउँ दुर्घटना परेको छ ।

नवलपरासी (पूर्व) बुलिङटार गा.पा.६ धांसी स्थित करिडोर सडकखण्डमा काठमाण्डौबाट स्याङजा तर्फ जादैँ गरेको बा ३ ख ९७९३ नं.को हाइस दिउँसो करिब १२:५० बजे ब्रेकफेल भई सडकको बायां साइडको नालामा खस्दा हाइसमा सवार चालक सहित १७ जना घाइते भएका छन् । घाइते मध्य मध्ये ४ जनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ । अन्य घाइतेलाई भने सामान्य उपचार पछि घर पठाइएको प्रहरीले जनाएको छ ।

पाल्पा पठाइएको घाइतेको विवरण यस प्रकार रहेको छ । जिल्ला काठमाण्डौ नागार्जुन न.पा.९ बस्ने वर्ष ६१ को चुडामणी श्रेष्ट मुखमा चोट मध्यम,जिल्ला पाल्पा रामपुर न.पा.७ बस्ने वर्ष ९० को जंग ब.श्रेष्ट हातमा चोट,मध्यम, ऐ,ऐ ४ बस्ने वर्ष ७३ की पवित्रा लम्साल चिउडोमा चोट मध्यम, जिल्ला स्याङजा गल्याङ न.पा. १ बस्ने वर्ष ३१ की दिपा बस्याल भट्टराई ढाडमा चोट मध्यम रहेकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय