फ्याक्ट चेक : अनलाइनै पिच्छे अलगअलग विवरण

२०८० चैत्र ९, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का

स्याङ्जा,९ चैत । समाचार सम्प्रेषण गर्न अनलाइनले कति हतार गर्दछन भन्ने एउटा उदाहरण बिहिवार स्याङ्जामा देखा परेको छ । बिहिवार बिहानैदेखि एउटै श्रोतबाट लिइएको भनी सम्प्रेषण भएका समाचारमा फरकफरक तथ्यांक देखिएपछि हेर्नेकुरा अनलाइनले यस सम्बन्धि थप नयाँ तथ्यांक फेला पारेको छ ।

खोजीमा अहिलेसम्म श्रोत किटान गरि प्रकाशित भएका समाचारको तथ्यांक एउटै सत्य नभएको पाइएको हो । समाचार हो स्याङ्जा बाट एसइइ परिक्षामा सहभागी हुनेको संख्या । हेर्ने कुरा डटकमलाई प्राप्त मिडियामा प्रकाशित तथ्यांक र एसइई परिक्षामा सहभागी हुनेको संख्या कतै मेल खादैन । यहीँ चैत १५ गतेबाट सुरु हुन लागेको एसइई परिक्षामा स्याङ्जा जिल्लाबाट सहभागी हुनेको संख्या मिडिया पिच्छे फरकफरक हुनुले जनतामा मिडियाको बिश्वासनियतामा समेत ह्रास आउन सक्ने देखिन्छ ।

के हो सत्य

यस बर्षकाे एसइइ परीक्षामा स्याङ्जा जिल्ला बाट ४१३३ परीक्षार्थी सहभागी सहभागी हुदैछन् । शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाका सूचना अधिकारी सुरेश सुवेदीका अनुसार यस बर्षकाे एसइइ परीक्षामा स्याङ्जा जिल्ला बाट २१३२ जना पुरुष र २००१ जना महिला गरी ४१३३ जना परीक्षार्थी सहभागी हुनेछन् ।

जस अन्तर्गत नियमित तर्फ ३९१४ जना प्राविधिक तर्फ १५६ जना र ग्रेड वृद्धि को लागि ६३ जना परीक्षार्थी सहभागी हुदैछन् । परीक्षा चैत्र १५ गते बिहान आठ बजे बाट सुरु भई एघार बजे सकिन्छ । परीक्षा व्यवस्थित र सहज बनाउनका लागि प्रत्येक पालिकामा एक परीक्षा केन्द्र राखिएको छ भने परीक्षार्थीको संख्याको आधारमा एक भन्दा बढी परीक्षा केन्द्रको पनि व्यवस्था गरिएको छ ।

परीक्षा केन्द्रमा विद्यालयको प्रधानाध्यापक वा प्रधानाध्यापकले तोकेको व्यक्ति लाई परीक्षा केन्द्रको केन्द्राध्यक्ष राख्ने व्यवस्था मिलाइएको छ । परीक्षामा समस्या नहोस भन्नका लागि सुरक्षा व्यवस्थाको प्रबन्ध समेत गरिएको सूचना अधिकारी सुवेदीले जानकारी दिनुभयाे ।

परीक्षाकाे लागि आवश्यक उत्तर पुस्तिका परीक्षा केन्द्रमा १३ गते सम्म पुर्याउनको लागि व्यवस्था गरिएको छ भने केही परीक्षा केन्द्रमा आवश्यक उत्तरपुस्तिका पुर्याई सकिएको उहाँले बताउनुभयो । त्यसैगरी परिक्षामा आवश्यक प्रश्न पत्र परीक्षा केन्द्रको नजिकको प्रहरी चौकीमा शिलबन्दी सहित सुरक्षित राखेर परीक्षा सुरु हुनु अघि परीक्षा केन्द्रमा पुर्याउने व्यवस्था गरिएकाे पनि उहाँले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार