स्याङ्जामा करेन्ट लागेर एकको मृत्यु

२०८० चैत्र ११, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, ११ चैत । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा करेन्ट लागेर आइतबार बिहान एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्जुनचौपारी गाउँपालिका ६ भेडाबारी बस्ने ५२ वर्षीय हर्क बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर थापाले जानकारी दिनुभयो ।

उहाँको झाक्रीथानस्थित लत्रिएको बिजुलीको तारले करेन्ट लागेर घोप्टो अवस्थामा मृत फेला परेको हो ।

प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय