गण्डकी प्रदेशको आर्थिक सहयोगमा सार्बजनिक नमूना विद्यालयमा भवन निर्माण

२०८० चैत्र १२, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

संगम भण्डारी
स्याङ्जा, १२ चैत । गण्डकी प्रदेशको आर्थिक सहयोगमा गल्याङ नगरपालिका वडा नम्वर १ मा रहेकाे सार्बजनिक नमुना माद्यामिक बिद्यालयमा भवन निर्माण भैरहेको छ ।

गण्डकी प्रदेशको रू १ करोड ५३ लाख २७ हजार २९ रुपैया ३ पैसामा ठेक्का भैइ भवन निर्माण भैरहेको हाे । २०८० असाढ २१ गतेदेखि निर्माण कार्य सुरुवात भएको भवन २०८१ असाढ २० गते सकिने निर्माणको काम गरिरहेको दिर्घायु कन्स्ट्रक्सन एण्ड सप्लायर्स का संचालक अर्जुन श्रेष्ठले हेर्ने कुरा डट कमलाई जानकारी दिनुभयो ।

सभाहल सहितको छुटै प्रशासनिक भवन आवश्यक भएको हुदा बिद्यालयकाे आवश्यकता अनुसार निर्माण कार्य भएकाे विद्यालयका प्रधानाध्यापक चुरामनी पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय