प्राधिकरणले आफ्नो कर्तुत लुकाउन निगमको कार्यकारी अध्यक्षलाई ‘अकाउन्टेबल म्यानेजर’बाट हटाउने चलखेल

२०८० चैत्र १२, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ, १२ चैत । नेपालको हवाई क्षेत्र युरोपेली सङ्घ (इयु) को कालोसूचीमा परेको झण्डै १० बर्ष बितिसक्दा पनि यसमा सुधार आउन सकेको छैन । इयुले नेपाल नागरिक उड्डयन प्राधिकरणको काममा संका व्यक्त गर्दै यसको कार्यक्षेत्र अलगअलग हुनुपर्ने सुझाव दिएपनि यो कार्यान्वयन हुन नसक्दा अहिलेसम्म नेपालको हवाई क्षेत्र इयुको कालो सुचीबाट हट्न सकेको छैन ।

कालो सुचीमा हटाउन काम गर्नुपर्ने प्राधिकरणले उल्टै निगम प्रति दोष थुपार्दै यहीं कारण देखाएर आर्थिक चलखेल गर्न नेपाल वायुसेवा निगमबाट ग्राउन्ड हेण्डेलिङ खोसी निजि कम्पनीलाई दिने प्राधिकरणले परपन्च रच्न थालेपछि निगम र प्राधिकरण बीच दुरी बढ्दै गएको छ । नेपाल वायुसेवा निगम कारण नभई प्राधिकरणका कारणले इयुको कालोसूची बाट हट्न नसकेको हुँदा आफू रहुन्जेल ग्राउन्ड हेन्डेलिङ नेपाल वायुसेवा निगमबाट निजि कम्पनीमा जान नदिने बताएपछि अहिले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी बीच दुरि बढ्दै गएको हो ।

मन्त्रीहरुलाई आफ्नो अनुकुल अनुसार प्रयोग गर्दै आएका प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले यस अघिका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई प्रभावमा पार्न नसकेपछि अहिले यो बहस सतहमा आएको छ । एर्पोटको ठेक्का लिने र अनुगमन गर्ने निकाय एउटै हुन नहुने भन्दै इयुले उठाएको प्रश्न गुपचुपमा राखेको अन्य चलखेल तर्फ लागेकाे छ । विभाग अलगअलग भएमा प्राधिकरणले आर्थिक चलखेलका गर्न नपाउने भएपछि विभाग छुट्याउन नचाहेको बुझिएको छ । त्यहीँ आर्थिक चलखेल गर्ने पाटोलाई सुरक्षीत राख्न प्रमुख भूमिकाको आरोप लाग्दै आएका प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पर्यटन मन्त्रीलाई समेत मिलाउदै आएको आरोप लागेको छ । यस अघिका पर्यटन मन्त्री सुदन किराँतीलाई अधिकारीले मिलाउन नसकेपछि अधिकारी पछिल्लो समय नेपाल वायुसेवा निगम प्रती आक्रामक बन्दै गएका छन् ।

आफ्नो खाईपाई आएको गुम्ने डरले निगमलाई दोष देखाएर उम्कन खोजेका अधिकारी पछिल्लो समय निगमका कार्यकारी अध्यक्षलाई अकाउन्टेबल म्यानेजर बाटै हटाउने गरि तयारीमा लागेको बुझिएको छ । नयाँ मन्त्री आउन साथ प्रभाव पारीहाल्न बानी परेका अधिकारीले नयाँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङलाई प्रभावमा पार्ने गरि काम थालेको बुझिएको छ ।

अहिले नियमनकारी निकाय र सेवा प्रदायक निकाय एकै ठाउँमा भएका कारण यसलाई अलगअलग गर्न इयुले दिएको सुझावलाई लत्याउदै आएका प्राधिकरणका निर्देशक अधिकारीले इयुको कालो सुचिमा पर्नुको कारण नेपाल वायुसेवा निगम रहेको भन्दै दोष थुपार्दै आएका छन् । दोष जति निगम माथी थुपार्न बानी परेका अधिकारीले संसदीय समितिमा समेत निगमका कारण कालो सुची बाट नहटेको भनेपछि यो कुरा अहिले सतहमा आएको हो । डकुमेन्ट नहेर्दा सम्म प्राधिकरणले प्रस्तुत गरेको रिपोर्टलाई आधारमा मानेर निगम प्रती आक्रामक बनेको संसदीय समिती अन्ततः कागजपत्र हेरेपछि भने प्राधिकरण प्रति आक्रामक बनेको थियो ।

समितीलाई समेत झुट बोलेको प्राधिकरणले आफ्नो गल्ती कमजोरी सच्याउन भन्दा पनि आफ्नो कर्तुत ढाक्न मन्त्रालय देखि विभिन्न निकाय धाउने गरेको पाइएको छ । नेपालको हवाई क्षेत्र कालो सुचिमा पर्नुको आफ्नो त्रुटी नेपाल वायुसेवा निगम लाइ थुपार्न नपाएपछि प्राधिकरण निगम प्रति आक्रामक बन्दै गएको पाइएकाे छ । आफ्नो कर्तुत ढाक्न प्राधिकरणले निगमका कार्यकारी अध्यक्षलाई अकाउन्टेबल म्यानेज बाट हटाएर भएपनि दोष नेपाल वायुसेवा निगम प्रति थोपर्न कति सक्षम हुन्छ त्यो भने आगामी दिनमा हेर्नै पर्ने हुन्छ । जसको लागि हालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ दाहिना हुनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय