शितलहाइटको फागुमहोत्सव

२०८० चैत्र १२, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

कृष्णप्रसाद ढकाल

काठमाडौँ, १२ चैत । माहालक्ष्मी नगरपालिका–४ शितलहाइटमा यसपटक असिमित खुशियालीको साटासाट सहित रंगिनपर्व होली मनाइएको छ ।

नेपाली कांग्रेस ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठको समुपस्थितिमा महालक्ष्मी नगरसमिति सभापति दिवाकर सिल्वालले एकआपसमा रंगदलेर होली पर्वको शुभारम्भ गराउनु भएको थियो । सबैले आफुसँग रहेका बिभिन्न प्रकारका रंगहरु उडाउँदै, छर्दै, नाच्दै र एकआपसमा रंगदलेर फागुमहोत्सवलाई भव्यरुपमा मनाएका छन्, त्याँहा उडेको रंगले सडक नै ढाकेको प्रतित हुन्थ्यो ।

फागुमहोत्सवका बारेमा संझनयोग्य त्रेतायुगीन प्रसङ्गमा उल्लेख भएअनुसार दैत्यराज हिरण्यकशिपुका पुत्र युवराज प्रल्हाद नित्य भगवान विष्णुको नाम जपिरहने गर्दथे । राक्षसराज हिरण्यकशिपु आफै भगवान भएको घमण्ड राख्ने प्रवृत्तिका भएकाले छोरालाई सम्झाए तर, छोराले भगवानकै नाम जपिरहेकाले आक्रोश भएर बहिनी होलिकासँग आगोमा नडढ्ने शक्ति भएकोले प्रल्हादलाई बोकेर आगोमा बस्ने आदेश दिए । होलिकाले पनि आफुसँग ब्रम्हाजीबाट आगोले डढाउन नसक्ने वरदानपाएकिले प्रल्हादलाई काखमा लिएर बलिरहेको बिशाल अग्निमा प्रवेश गरिन् । आगोबाट बालक प्रल्हादलाई केही नभएपनि होलिका चाहीं डढेर मरिन् । पापवृत्तिकी होलिकाको मृत्यु भएकाले सत्यको जित र पापको पराजय भएको खुशियालीमा “होली” प्रथाको थालनी भएको मानिन्छ ।

नारद पुराण र भविष्य पुराणमा उल्लेख भएअनुसार भगवान श्रीकृष्णलाई विषालु दुध खुवाएर मार्नआएकी बिशाल शरिरकी राक्षसी पुतनालाई पनि आजकैदिन भगवान श्रीकृष्णले वधगरेकाले गोपालवासीहरुले अत्यन्त रमाउँदै “होली” खेलेका थिए भनिएकोछ । बिभिन्न युगलाई खुशियाली बाँड्दैआएको रंगिनपर्व होलीले यसपटक माहालक्ष्मी नगरपालिका–४ शितलहाइटमा धैरै व्यक्तित्वहरुको उपस्थिति गराउँदै, एकआपसमा रंगबाँडेर होलीपर्व मनाउँदै, असिमित खुशियालीको साटासाट गराउँदै बिदा भएकोछ ।

नेपाली कांग्रेस ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठको समुपस्थितिमा महालक्ष्मी नगरसमिति सभापति दिवाकर सिल्वाल, प्रत्यासी प्रदेश सांसद उम्मेदवार रिशा श्रेष्ठ, नगरसचिव विष्णु चन्द, महालक्ष्मी नगरसमिति वडानं.४का सचिवद्धय प्रल्हाद संग्रौला र रामप्रसाद भण्डारी, वरिष्टनेता पुष्पराज के.सी., यज्ञ नेम्कूल, यशोदा खड्का, उर्मिला के.सी.,आशु अर्याल, सुरेन्द्रकुमार के.सी.,सुदन ताम्राकार, रञ्जना थापा लगायत धेरै नेता कार्यकर्ताहरुको सहभागिताकाबीच पवित्र र रंगिनपर्व होली मनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय