विरुवा गाउँपालिका बाल कन्या युवा क्लबको भलिबल उदघाटन कार्य सम्पन्न

२०८० चैत्र १३, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का
स्याङ्जा,१३ चैत । विरुवा गाउँपालिका वडा नम्बर १ बाल कन्या युवा क्लबले क्लबको बार्षिकोत्सव कार्यक्रम स्वरुप वडा स्तरीय भलिबल तथा भेट्रान्स प्रतियोगिताको उदघाटन कार्यक्रम सोमबार सम्पन्न गरेको छ । आउँदो शनीबार कार्यक्रम समापन हुने आयोजकले जनाएको छ।

कार्यक्रमको उदघाटन विरुवा गाउँपालिका का अध्यक्ष सुर्य बहादुर कुँवरको प्रमुख आतिथ्यमा भएको हो । उक्त कार्यक्रम फागु पूर्णियाको अवसर पारेर बालकन्या देवीको पूजा आजा पश्चात भलिबल प्रतियोगिताको कार्यक्रम सुरुवात गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि विरुवा गाउँपालिका अध्यक्षले बार्षिकोत्सवको अवसरमा बालकन्या युवा क्लबलाई शुभकामना दिनुभयो । वडा मा राम्रो खेलमैदान नभएको हुँदा समस्या भएको भन्दै खेल मैदानको स्तरोन्नतिको लागि आफूले पहल गर्ने जानकारी दिनुभयो ।

कार्यक्रम मा भलिबल प्रतियोगिताको प्रथम पुरस्कार राशि एकासी हजार एक सय एकासी रहेको छ भने भेट्रान्स तर्फ एकतीस हजार पुरस्कार राशि रहेको छ। बाल कन्या क्लबको स्थापना २०५६ सालमा भएको थियो भने संस्थापक अध्यक्ष यसै वडाका पूर्व वडा अध्यक्ष युवराज केसी रहनुभएको थियो । बालकन्या युवा क्लब विरुवा गाउँपालिका वडा नंवर एक को बाल कन्या देवीको मन्दिर रहेको र देवीको नाम बाट क्लबको नाम पनि बालकन्या क्लब राखिएको हो। यहां फाल्गुन पूर्णिया मा बाल कन्या देवीको पूजा आजा धुमधाम को साथ गरिन्छ । भाकल पूजा साथमा वली सहित पूजा आजा गर्ने प्रचलन पनि छ । फागु पूर्णिया मा विरुवा महोत्सव लाग्ने प्रचलन धेरै अघि देखि सुरुवात भएको थियो विविध किसिमका सामग्री किनबेच सहित रङ्ग खेल्ने रमाइलो गर्ने प्रचलन अहिले सम्म पनि कायम नै छ।

कार्यक्रममा क्लबका अध्यक्ष बीरबल खड्का को अध्यक्षता मा भएको भलिबल प्रतियोगिताको कार्यक्रम सञ्चालन क्लबका सचिव ध्रुव केसी ले गर्नु भएको थियो। कार्यक्रम मा स्वागत मन्तब्य समाज कल्याण आमा समुह को नन्द कुमारी खड्का ले गर्नुभएको थियो। कार्यक्रम मा विशिष्ट अतिथि वडा नम्बर आठ को वडाध्यक्ष नवीन कुमार आले गाउँ पालिका सदस्य पहल सिंह विक लगायत आमा समुह क्लब स्थानिय व्यक्तित्व हरु सहित धेरै अतिथि हरुको बाक्लो सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार