सिद्धार्थ राजमार्गमा सवारी दुर्घटनाको नयाँ रहस्य ‘सवारी चालक गाजामा मस्त’

२०८० चैत्र २०, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का

स्याङ्जा,२० चैत्र । दिनहुँ बढ्दै गएको सवारी दुर्घटनाको नयाँ रहस्य स्याङ्जामा फेला परेको छ । सडक दुर्घटना न्यूनीकरण एबम् सार्बजनिक यातायात लाई थप सुरक्षित, मर्यादित र भरपर्दो बनाउने उद्देश्य सहित स्याङ्जा ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले साेमबार गरेकाे चेकिङ्गका क्रममा नयाँ रहस्य फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायक उपरीक्षक इन्द्र बहादुर रानाका अनुसार चेक जाँच टोलीले पुतलीबजार नगरपालिका वडा नम्बर १ बसपार्क स्थित सिद्धार्थ राजमार्गमा सवारी साधन चेक जाँच गरेको थियो । चालकहरुको HENSO text kit द्वारा लागुऔषध सेवन गरे नगरेको चेकजाँच गर्दा छ जना चालकले गाजा सेवन गरी सवारी चलाएको पाइएको थियो । सोमबार बिहान बाह्र बजेदेखि दिउँसो चार बजेसम्म ४६ वटा सवारी साधन चेक जाँच गरिएको थियो । उहाँका अनुसार मापसे चेकजाँच पहिले देखि गरिए पनि यो विधि सोमबार बाट मात्र सुरुवात गरिएको हाे ।

रानाका अनुसार पक्राउ पर्ने मा जिल्ला रुपन्देही बुटवल उ म न पा ११ रुपन्देही बस्ने वर्ष ४७ का पदम बहादुर डिसुवा, स्याङ्जा जिल्ला वालिङ्ग नगरपालिका ११ पेखु बस्ने वर्ष ३६ का साजन थापा , कास्की जिल्ला पोखरा महानगरपालिका २९ बस्ने वर्ष २६ का विशाल गुरुङ्ग, पोखरा महानगरपालिका १९ बस्ने वर्ष ४८ का होम बहादुर खत्री ,स्याङ्जा पुतलीबजार नगरपालिका १ बस्ने वर्ष २६ का अजय नेपाली र स्याङ्जा फेदीखोला गाउँपालिका २ बस्ने वर्ष ३७ का अमृत मिजार रहेका छन् । उनीहरू गाजा सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका थिए।

गाजा सेवन गरी सवारी चलाएको पाइएको हुँदा नीजहरुलाई नियन्त्रणमा लिई मंगलबार सार्वजिक हित र नैतिकता विरुद्धको कसुरमा मुद्धा दर्ता गरी जिल्ला प्रशासन कार्यालय स्याङ्जा बाट पाँच दिनको म्याद थप लिई थप अनुसन्धान कार्य भई रहेको जानकारी सूचना अधिकारी रानाले हेर्नेकुरा डट कम लाई जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय