दुर्घटनामा चालकको मृत्यु

२०८० चैत्र २१, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

अर्घाखाँची, २१ चैत । अर्घाखाँचीको शीतगङ्गामा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

शीतगङ्गा नगरपालिका–१४ जलुकेपानीमा लु२च ७९३२ नम्बरको जीप र लु६प ७९३१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका २८ वर्षीय नियाज मुसलमानको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी नायब निरीक्षक शालिकराम खनालले जानकारी दिनुभयो ।

दुर्घटनामा जीप चालक रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका २६ वर्षीय सनिउल्लाह थकिर घाइते भएका छन् । जीपको ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय