शिक्षामैत्री वडाध्यक्षको पालिका कै नमुना काम

२०८० चैत्र २५, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का
स्याङ्जा,२५ चैत्र । स्याङ्जा जिल्ला विरुवा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष  राजेन्द्र केसीले वडाको केही बजेटलाई सदुपयोग गर्दै विद्यालयमा पढ्ने विद्यार्थीलाई पोशाकमा खर्च गर्नुभएको छ ।

यस वर्षको ०७९/८० को बजेट विनियोजन गरेर उक्त कार्यक्रम गरिएको बताउनुभयो। सरकारी विद्यालयमा पढ्ने विद्यार्थीहरु प्राइभेट विद्यालयमा पढ्ने विद्यार्थी जसरी विद्यालयमा आवश्यकता अनुसार पोशाक जुत्ता चप्पल लगाएर आउन नसक्ने हुँदा उनीहरूको आवश्यकता महसुस गरी उक्त कार्यक्रम सफल बनाउन बजेटको व्यवस्था गरिएको हेर्ने कुरा डट कम लाई जानकारी गराउनुभयो। विद्यार्थीहरु कोही चप्पल लगाएर आउने कोही नलगाई आउने समस्या देखि बजेट व्यवस्था गरिएको जानकारी गराउनुभयो। त्यस्तै कपडा मा पनि मौसम कहिले जाडो हुने कहिले गर्मी हुने हुँदा जुनसुकै कपडा पनि लगाएर आउने हुँदा विद्यार्थी हरु बिरामी हुने रुघाखोकी को समस्या हुने हुँदा समस्या समाधानको लागि विद्यालय को पोशाक लाई एकरूपता ल्याउनको लागि विद्यार्थी हरुलाई पोशाक वितरण गरिएको बताउनुभयो।

सरकारी विद्यालय मा विद्यार्थी संख्या बढाउने उद्देश्य सहित विद्यार्थीको आवश्यकता र स्वास्थ्यको ख्याल राख्दै अघि बढ्न सुरुवात गर्न आफू लागि परेको बताउनुभयो। बजेट विनियोजित अन्तर्गत वडा भित्र पर्ने तीन वटा विद्यालय अन्तर्गत नर्सरी देखि पाँच कक्षा सम्म पढिरहेका विद्यार्थी हरुको लागि टीसर्ट ट्रयाक सुट जुत्ता मजा वितरण गरिएको थियो। वडा नम्बर एक अन्तर्गत पर्ने जन जागृति आधारभूत विद्यालय का नर्सरी देखि पाँच कक्षा सम्म पचास जना विद्यार्थी, विद्या विकास आधारभूत विद्यालय का नर्सरी देखि पाँच कक्षा सम्म आठ जना विद्यार्थीलाई पोशाक वितरण गरिसकिएको तर नवज्योति मा वि मा रहेका विद्यार्थी लाई वितरण नगरिएको र अव छिट्टै वितरण गर्ने जानकारी गराउनुभयो ।

वडा अध्यक्ष केसीले पालिका मै नया काम गरेर बालबालिकाको महत्वलाई मध्यनजर गर्दै वडा भित्रको समस्या लाई नियालेर विद्यार्थीलाई कसरी पढाउन सकिन्छ उनीहरुको आवश्यकता के छ भनेर विद्यार्थी प्रति लक्षित भएर काम गर्नुभएको छ । समाजमा परिवर्तन गर्ने क्रम मा सामाजिक उत्तरदायी भएर सचेतना अपनाउँदै सजग भएर कार्य गर्नुभएको छ । यसले गर्दा वडा मा एक नमुना को रुपमा उदाहरणीय बन्न पनि सफल रहनुभएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय