स्वास्थ्यमन्त्री यादवले चितवन स्थीत भरतपुर अस्पतालको अनुगमन गर्दै

२०८० चैत्र २५, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २५ चैत । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले चितवनस्थीत भरतपुर अस्पतालको अनुगमन गर्नुभएको छ ।

आइतबार अस्पताल पुगेर यादवले अस्पतालको आकस्मिक कक्ष, ओपिडी कक्ष, फार्मेशीलगायत विभिन्न कक्षको अनुगमन गर्नुका साथै भर्ना भएका बिरामीको अवस्थाबारे जानकारी लिनुभएको हो । सो क्रममा मन्त्री यादवले अस्पतालको स्तरोन्नतिका लागि आवश्यक भौतिक संरचना तथा स्वास्थ्य उपकरणको अवस्थाबारे जानकारी लिनुभयो । उहाले अस्पताल प्रशासनले राखेका समस्या समाधान गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै उहाले जनताले चाहे अनुसार काम गर्न नसके पनि स्वास्थ्य क्षेत्रमा सरकारको तत्परताले सेवा प्रवाह कम नभएको दावी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय