भिरकोटका दुई स्थानमा निःशुल्क स्वास्थ्य शिविर हुँदै

२०८० चैत्र २७, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का
स्याङ्जा २७ चैत । स्याङ्जा जिल्ला भिरकोट नगरपालिकाले चैत्र २९ मा भिरकोटको वडा नम्बर ३ रोजि खोला र वडा नम्बर एकमा पर्ने नगर अस्पताल हेलुमा चैत्र ३० गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। भिरकोट नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर हुन लागेको भिरकोटका मेयर गोविन्द कुमार कर्माचार्यले हेर्नेकुरा डट कमलाई जानकारी गराउनुभयो।

उहाले दुई दिने निशुल्क स्वास्थ्य शिविरमा भिरकोट ३ रोजी खोलामा स्याङ्जा जिल्ला अस्पताल र भिरकोट नगर अस्पताल हेलूबाट डाक्टर आउने र दोस्रो दिन हुने स्वास्थ्य शिविरमा मनमोहन मेमोरियल मेडिकल एण्ड टिचिङ्ग हस्पिटलबाट डाक्टरहरु आउने जानकारी गराउनुभयो।

भिरकोट ३ मा सञ्चालन हुने सिविरमा यौन तथा प्रजनन् सम्बन्धी तीस वर्ष देखि साठी वर्ष सम्मका प्रजनन रुपमा सक्रिय महिलाहरुको लागि पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ्ग खस्ने समस्या, अंस्टेट्रीक फिस्टुला र बाँझोपन सम्बन्धी जाच हुने जानकारी भिरकोट मेयर गोविन्द कुमार कर्माचार्यले हेर्नेकुरा डट कमलाई जानकारी दिनुभयो।

दोस्रो दिन हुने निःशुल्क स्वास्थ्य सिविर भिरकोट १ नगर अस्पताल हेलुमा सिनियर सर्जन डा मुज श्रेष्ठ, नाक कान घाँटी रोग विषेशज्ञ डा नबराज बराल, हाड जोर्नी सर्जन डा उजोन शाक्य, स्त्री तथा प्रसूति रोग विषेशज्ञ डा मनोर दिन सैयद, जनरल फिजिसियन रेडियोलोजी डा इबराज सिम्खडा, फिजिसियन डा प्रसन्न बोहरा, बालरोग डा धनु माया गुरुङ्ग, नर्सिङ विभाग अन्तर्गत सुनिल श्रेष्ठ, सुजिता गिरी , फर्मासिस्ट रञ्जित गिरी , मनमोहन मेमोरियल मेडिकल एण्ड टिचिङ्ग हस्पिटल व्यवस्थापन संजीव कँडेलको सहभागिता रहने नगर प्रमुख कर्माचार्यले बताउनुभयो।

२०७३ सालमा संघीय महिला, बालबालिका तथा समाज कल्याण मन्त्री कुमार खड्काले महिला तथा बालबालिकाको हक हितलाई हेरेर महिलाको पाठेघरको मुखको क्यान्सर सम्बन्धी निःशुल्क सेवा सुविधा दिने प्रयास गर्नु भएको थियो। तत्कालमा कार्यान्वयन हुन नसके पनि त्यसैलाई आधार मानेर पछि प्रयास सफल भएको छ । पछि प्रदेश मन्त्री हुँदै गर्दा गण्डकी प्रदेशमा अलग मन्त्रालय मा रहेर कार्य गरे पनि महिला तथा बालबालिका सम्बन्धी उठाएको प्रयास लाई प्रदेश मा कार्यान्वयनमा भूमिका खेले सँगै आज गाउँ गाउँ टोल टोलमा महिला सम्बन्धी प्रजनन तथा यौन रोग पाठेघरको क्यान्सर स्तन क्यान्सरबाट उपचारको लागि निःशुल्क व्यवस्थाले प्राथमिकता पाउन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय