त्रिभुवन विमानस्थलमा सामान निकासी जाँचपास मिसिन नभएपछि कार्गो व्यवसायीले सामान पठाएनन्

२०८१ बैशाख ३, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ,३ वैशाख । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको कार्गो एक्सरे मेशिन बिग्रदा सामान जाँचपास गराउन समस्या भएको भन्दै कार्गो व्यवसायीहरु आन्दोलित भएका छन् ।

कार्गो एक्सरे मेशिन बिग्रेको डेढ महिना हुदा पनि मर्मत वा नयाँ किन्ने काम नभएको भन्दै उनीहरु सामान निकासी बन्द गरेर आन्दोलित भएका हुन् । मेशिन बिग्रदा धेरै समस्या भएको र पटक पटक सरोकारवालाहरुलाई ध्यानाकर्षण गराउदा पनि मर्मत नगरिएकाले बाध्य भएर सामान निकासीको काम बन्द गर्नुपरेको कार्गो व्यवसायी खेमराज सुवेदीले जानकारी दिनुभयो । सामान निकासी जाँचपाचको क्रममा समस्या भएपनि नेपाल पारावाहन तथा गोदाम लिमिटेड वेवास्ता गरेको उहाले बताउनुभयो ।

एक्सरे मेशिन बनाउन वा नयाँ खरिद गर्न आफुहरुले ध्यानकर्षण गराएपनि बजेट नभएको जवाफ पाएको सुवेदीले बताउनुभयो । उहाले एक्सरे मेशिन नवनेसम्म कुनै पनि सामान क्लियरिङ नगर्ने र फरवार्डिङ पनि नगर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय