दर्शन शिवजी युवा क्लबको आयोजनामा भलिबल खेल समापन

२०८१ बैशाख ३, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का
स्याङ्जा, ३ वैशाख ।“युवाको एकता आजको आवश्यकता ,अबको विकास युवाको काँधमा” भन्ने मूल नाराका साथ २०७८ मा स्थापना गरिएको भिरकोट ३ रिजुको दर्शन शिवजी युवा क्लबले शनिबार नया वर्षमा साविकको वडा स्तरिय भलिवल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम समापन गरेको छ। कार्यक्रममा भिरकोट तिनको वडा अध्यक्ष केशर बहादुर खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन भएको हो।

प्रमुख अतिथि केशर बहादुर खड्का ले खेल सान्त तवरमा सुरुवात भई समापन भएकोमा खुशी व्यक्त गर्दै खेलमा मात्र नभई सामाजिक कार्यमा पनि युवाको अग्रसरता रहिरहोस् भन्दै नया बर्षको शुभकामना व्यक्त गर्दै आयोजक र खेलमा सहभागी र कार्यक्रम मा सहभागी सम्पूर्णलाई शुभकामना दिनुभयो । भलिबल ग्राउण्डको स्तरोन्नति को आवश्यक रहेको हुँदा आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता र भवनको पनि आवश्यक रहेको हुँदा यसको लागि पनि पहल गर्ने जनाउनुभयो ।

खेल चैत्र २५ गते बाट सुरु भएर नया बर्षको अवसर पारी समापन भएको हो। कार्यक्रम डम्मर बहादुर थापा तेस्रो स्मृति र गणेश बहादुर गुरुङ्ग पहिलो स्मृति स्वरुप उहाँहरुको सम्झनामा सुरुवात गरिएको थियो।

भलिबल प्रतियोगितामा भिरकोट कालिका युवा क्लब बाने थोकले प्रथम स्थान हासिल गरेर ३३३३३ पुरस्कार राशि ट्रफि मेडल र प्रमाणपत्र हात पार्न सफल भयो भने दोस्रो स्थानमा आयोजक दर्शन शिवजी युवा क्लब जित्न सफल भई २२२२२ नगद ट्रफि मेडल र प्रमाण पत्र पुरस्कार राशि हात पार्यो । त्यस्तै गरी शुभकामना युवा क्लब देउरालीले तेस्रो स्थान प्राप्त गरी १११११ नगद ट्रफि मेडल र प्रमाण पत्र पुरस्कार राशि आफ्नो हात पार्न सफल भयो । अनुशासनमा शुभकामना युवा क्लबका दिवस जि टी, वेस्ट स्ट्राइकरमा निरज कुँवर भिरकोट कालिका क्लब वेस्ट ब्लकरमा मिलन गुरुङ्ग आयोजक क्लब, क्विकरमा विजय गुरुङ्ग र वेस्ट प्लेयरमा विवेक खड्का आयोजक क्लबको रहेको खेल संयोजक सुजन रोकाले जानकारी दिनुभयो।

कार्यक्रममा कुल बहादुर थापाले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन दिपेन्द्र केसीले गर्नुभएको थियो। खेल दर्शन शिवजी युवा क्लबका अनिल खड्का को अध्यक्षतामा समापन भएको थियो। कार्यक्रममा नया बर्षको शुभकामना आदान प्रदान सहित खेल खुशी उमङ्गमा स्थानिय टोल बासिको बाक्लो सहभागिता सहित समापन भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय