ब्यूटीपार्लर र स्पाको आवरणमा नाबालिकालाई वेश्यावृत्ति गराएको आरोपमा दुई महिला पक्राउ

२०८१ बैशाख ४, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,४ वैशाख । ब्यूटीपार्लर र स्पाको आवरणमा नाबालिकालाई वेश्यावृत्ति लगाएको आरोपमा काठमाडौंबाट २ जना महिला पक्राउ परेका छन् ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले झापाको झापा गाउँपालिका स्थायी घर भई काठमाडौंको चाबहिलमा फ्रेन्डसिप ब्युटी एन्ड स्पा सन्चालन गर्दै आएकी ३४ वर्षीया पुजा लोवा र चितवनको विरेन्द्रनगरकी ४३ वर्षीया गंगा मगर भनिने ओमकुमारी पुनलाई पक्राउ गरेको हो ।

ब्यूरोले उक्त स्पामा आउने ग्राहकसँग नाबालिकालाई शारिरिक सम्पर्कका लागि बाध्य बनाउने गरेको र रातको समयमा विभिन्न होटल, रेस्टुरेन्ट तथा गेस्ट हाउसहरुमा पठाउने गरेको पनि दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय