पाठ्यक्रममा नैतिक शिक्षा लागु गर्न माग गर्दै नेवि संघ तनहुँको स्थानीय सरकारलाई बुझायो ज्ञापनपत्र

२०८१ बैशाख ४, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

युबराज सुबेदी

तनहुँ, ४ वैशाख । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ तनहुँले विद्यालयको पाठ्यक्रममा नैतिक शिक्षा लागु गर्न माग गर्दै जिल्लाका विभिन्न पालिकाहरुमा ज्ञापन पत्र बुझाएको छ । सोमबार नेवि संघले शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, भानु नगरपालिका, देवघाट र आबुखैरेनी गाउँपालिकाका प्रमुखहरुलाईं एकै साथ ज्ञापनपत्र बुझाएको हो ।

पछिल्लो समय समाजमा सम्मान, सत्कार र नैतिकता हराउँदै गएकाले स्थानीय पाठ्यक्रममा अनिवार्य रूपमा नैतिक शिक्षा विषय समावेश गर्न जरुरी देखिएको नेवि संघ तनहुँका अध्यक्ष सुरज लम्सालले बताउनु भयो । अध्यक्ष लम्सालले कार्यक्रम मा बोल्दै ‘ समाजमा हत्या हिँसा, बलात्कार, चोरी जस्ता आपराधिक तथा अराजग गतिविधिहरु बढिरहेका छन् । मानिसमा नैतिकता हराउँदै गएको छ । जसले गर्दा हाम्रो मुल्य, मान्यता, आदार सत्कारबारे साना विद्यार्थीहरुमा कमी देखिएको छ । विद्यालय तहदेखि नै अनुशासित र नैतिकवान बनाउन नैतिक शिक्षा अति नै महत्वपुर्ण छ ।’ विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधारका साथै आनीबानी, रहन सहन र अनुशासन सुधारका निम्ति स्थानीय तहको पाठ्यक्रममा अनिवार्य रूपमा नैतिक शिक्षा लागु गर्ने पर्नेमा जो्ड दिनुभयो ।

पालिकाका प्रमुख एवं शिक्षा शाखा प्रमुखहरुबाट नैतिक शिक्षाको आवश्यकता पहिले नै महसुस भएको प्रतिक्रिया दिनुभयो । ‘नेवि संघ तनहुँले ल्याएको कुरा धेरै राम्रो र व्यावहारिक रहेको र नैतिक शिक्षा लागू गराउने विषयमा हामी सकारात्मक छौँ भनेर उहाँहरुले भन्नुभयो , लम्सालले स्थानीय सरकार प्रमुखहरुले शिक्षा शाखासंग आवश्यक परामर्श गरी स्थानीय पाठ्यक्रममा लागू गर्ने कुरामा सकारात्मक रहेको प्रतिक्रिया दिएको जानकारी दिनुभयो। अध्यक्ष लम्सालले जिल्लाका अन्य पालिकाहरुमा समेत तत्कालै ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय