स्याङ्जामा आगो निभाउने क्रममा जलेर एकको मृत्यु

२०८१ बैशाख ६, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूजा खडका
स्याङ्जा, ६ वैशाख ।  आगो निभाउने क्रममा जलेर विरुवा गाउँपालिकामा एकको मृत्यु भएको छ।

बारीमा कोदोको बिउ राख्नलाई पात-पतिङ्गर जलाउने क्रममा आगो जंगलमा सल्कन गई आगो निभाउने क्रममा जली बिरुवा गाउँपालिका ७ कुमेरदुङ बस्ने ७४ वर्षिय रेउसरी गुरुङ्गको घटना स्थलमै मृत्यु भएको स्याङ्जा सूचना अधिकारी इन्द्र बहादुर रानाले जानकारी दिनुभयो । यसको बारेमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय