स्याङ्जाको कालीगण्डकीमा आगलागीबाट २ घर जले

२०८१ बैशाख ६, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

प्रभा पाण्डे

स्याङ्जा,७ बैशाख । कालीगण्डकी गाउँपालिका १ कलावडारमा वैशाख ५ गते दिउसो करिब २ बजे स्थानिय बासिन्दाले बारी सफा गर्ने क्रममा निभाएको आगोले पुन सल्किएर ३ ओटा गोठ र २ ओटा घर जलेका छन् ।

आगो घर तिर आएपछि एउटा घर खाली र अर्को घरको केही पनि सामानहरू निकाल्न नसकेपछि समान सहित घर जलेको छ । आगलागीबाट एउटा गोठ जलेको छ भने ३ ओटा बाख्रा मरेका छन् । आगलागीबाट एउटा भैंसी घाइते भएको स्थानीय रमिता थापा र नुन बहादुर विकले हेर्ने कुरा डटकमलाई जानकारी दिनु भयो ।

आगलागी बाट घरबारविहीन भएकाहरुलाई कालीगण्डकी गाउँपालिकाले राहत वितरण गरिएको छ । राहतको रूपमा खानाको लागि भाडाहरु, बिस्तारा र बासको लागि त्रीपालहरु दीएकाे गाउँपालिका उपाध्यक्ष साबित्रा कोइरालाले हेर्ने कुरा डटकमलाई जानकारी दिनुभयो ।

आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन । आगो निभाउन, खोर्दि, कलावडार, प्युघा, दाउन्नेका बासिन्दाहरु खटिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय