आज गल्याङ महोत्सवमा ज्योति मगर र प्रजापति बीच घम्साघमी हुँदै

२०८१ बैशाख ११, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युबराज सुबेदी/संगम भण्डारी 
स्याङ्जा,११ बैशाख । गल्याङ बजारको तल्लो गल्याङ खेल मैदानमा संचालन भएको गल्याङ महोत्सवमा चर्चित गायिका ज्योति मगर र चर्चित गायक प्रजापति पराजुली बीच घम्साघम्सी हुने भएको छ ।

नेपाली जनता सामु निकै लोक प्रिय बन्नुभएको “गायक के खान्छेउ कमला सुन्तला कि अमला” बाट सर्वाधिक चर्चा बटुल्न सफल गायक प्रजापति पराजुली आज अर्थात बैशाख १२ गते गल्याङ महोत्सवमा आउनुहुनेभएको छ।

लोक दोहोरी क्षेत्रमा उस्तै नाम कमाउन सफल गायिका ज्योति मगर पनि भोलि गल्याङ महोत्सव आउदै हुनुहुन्छ।

गायिका ज्योती मगरको पनि “उहीँ मुलाको सिन्की उहीँ मुलाको चाना”, साडे गोरु, कान्छी मुसुक्कै पैसा भुसुक्कै जस्ता दर्जनौ गितले सर्वाधिक चर्चा बटुल्न सफल हुनुभएको छ ।

उहाँसंगै गायिका सरला पाण्डे गायिका ममता तामाङ गल्याङ महोत्सवमा भोलि आउने सास्कृतिक बिभाग संयोजक ऋषि बस्यालले जानकारी दिनुभयो ।

गल्याङ उद्योग वाणिज्य सङ्घको आयोजनामा चैत्र ३० गतेबाट सञ्चालन भएको महोत्सव वैशाख १२ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय