गल्याङमा आगोलागीले २ घर ३ गोठ पुर्ण क्ष्यति

२०८१ बैशाख १४, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङजा, १४ बैशाख । हिउँदको समय सुरु भएसंगै आगोलागीका घटनाहरु दिन प्रतिदिन बढ्दै जान थालेका छन् । स्याङजामा पनी दिनहुु आगोलागीको घटना बढ्दै गएको छ । बिहिवार दिउसो खरवारीमा लागेको आगो बस्तीमा पस्दा गल्याङ नगरपालीका ४ छरक गाउमा दुई घर र तिन गोठ पूर्ण रुपमा जलेर नस्ट भएको छ ।

आधिखोलाको किनारवाट सल्केको आगो बस्तीमा पस्दा उक्त क्ष्यति भएको स्थानीय बिष्नु न्यौपानेले जानकारी दिनुभयो । हावासंगै दन्किएको आगो बस्तीमा पसेपछी स्थानीयले प्रहरीलाई खवर गरेका थिए । करीब ३ घन्टाको प्रयासमा इलाका प्रहरी कार्यालय जैपते,गल्याङ प्रहरी चौकी गल्याङ ,वडा कार्यालय र स्थानीयको प्रयासमा आगो नियन्त्रणमा आएको थियो । आगोलागीले गोमती थापाको घर तथा गोठ पुर्ण क्ष्यति भएको छ । त्यसैगरी बल बहादुर रानाको घर तथा गोठ जलेको छ भने मेहरसीङ थापाको गोठ जलेर नस्ट भएको छ । आगोलागीका कारण घरवास बिहिन बन्न पुगेका स्थानीयलाई वडा कार्यालयले अस्थाई आवासको निर्माण गरी बास बस्ने ब्यवस्था मिलाएको गल्याङ नगरपालीका ४ का वडा अध्यक्ष ढाकाराम न्यौपानेले जानकारी दिनुभयो । आगोलागीले के कती क्ष्यति भयो भन्ने यकिन नभइसकेको र घटनाका बारेमा अनुसन्धान भईरहेको प्रहरी कार्यालय गल्याङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय