जनप्रिय माध्यमिक विद्यालयको ६४ औं बार्षिकोत्सव सम्पन्न

२०८१ बैशाख १६, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का
स्याङ्जा, १६ वैशाख । भिरकोट नगरपालिका ५ स्वरेक सिम्लेमा रहेको श्री जनप्रिय माध्यामिक विद्यालयको ६४ औं बार्षिकोत्सव सम्पन्न भएको छ।

भिरकोट नगरप्रमुख गोविन्द कुमार कर्माचार्यको प्रमुख आतिथ्यतामा अभिभाबक दिवस तथा पुरस्कार वितरण कार्यक्रम शनिबार सम्पन्न भएको हाे। कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुखले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि नगरले गर्नुपर्ने आवश्यक सक्दो सहयोग गर्न नगर तत्पर रहेको जानकारी गराउनुभयो।शिक्षाको गुणस्तर वृद्धिका लागि शिक्षक विद्यार्थी अभिभाबक सबैले आ आफ्नो भूमिका खेलेर राम्रो सम्बन्ध राख्न आवश्यक रहेको जानकारी गराउदै ६४ औं बार्षिकोत्सव मनाउन पाउँदा खुशी लागेको व्यक्त गर्दै विद्यालयको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भएको थियो।

कार्यक्रममा बार्षिक परीक्षामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण अक्षय कोष दाताको सहयोगमा गरिएको थियो । त्यस्तै गरी उत्कृष्ट शिक्षकलाई अक्षय कोष दाताको सहयोगमा सम्मान गरिएको थियो भने पूर्व शिक्षक हरुलाई पनि विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार सम्मान गरिएको थियो। कार्यक्रममा सीमा सी के लाई विद्यालयमा छोरा छोरी पढाएर इन्जिनियर र डाक्टर पढाएकोमा सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यालयको प्रधानाध्यापक राजेन्द्र विक्रम खाणले सम्पूर्ण सहभागी प्रति धन्यवाद दिँदै विद्यालयको बार्षिक आयव्यय प्रस्तुत गर्नु भएको थियो भने विद्यालयको गुणस्तर वृद्धिको लागि आफू सदा लागि पर्ने बताउनुभयो।कार्यक्रममा स्वागत मन्तव्य शिक्षक जगनाथ भट्टराईले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन विद्यार्थी सुजाता पौडेलले गरेकी थिइन् भने सहजकर्ताको रुपमा खेम राज खनाल रहनु भएको थियो। अन्तराष्ट्रिय नारी दिवसमा गण्डकी प्रदेशको कविता बाचनमा प्रथम भएको र केन्द्रमा सान्त्वना भएको उपलक्ष्यमा सुजाता पौडेललाई विद्यालयले पुरस्कारले सम्मान गरेको थियो भने कार्यक्रम सञ्चालक पनि उनी रहेको जानकारी विद्यालयको प्रधानाध्यापक राजेन्द्र विक्रम खाणले जानकारी गराउनुभयो।

कार्यक्रममा विशिष्ट अतिथि भिरकोट पाँचका वडाध्यक्ष कृष्ण बहादुर थापा, भिरकोट शिक्षक शाखा अधिकृत नवीन थापा रहनुभएको उक्त कार्यक्रममा सहिद शुक्र माविको प्रधानाध्यापक चोलाकान्त काफ्ले, पब्लिक एकेडेमी माविका प्रधानाध्यापक देवकी रेग्मी , भाग्योदय मावि का सह प्राध्यापक पुण्यप्रसाद अर्याल, स्वरेक कालिका आधारभूत विद्यालय वालिङ्ग का प्रधानाध्यापक सुनिता ठकुरी, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र बहादुर सिंह शिक्षक अभिभावक संघका अध्यक्ष चोलाकान्त पौडेल नेकपा एमाले भिरकोट नगर अध्यक्ष विश्व नाथ अर्याल समाजसेवी रामकृष्ण अर्याल सुरेश यस के अतिथिहरु र शुभकामना मन्तव्य दिनु भएको थियो। बार्षिकोत्सव कार्यक्रममा देवी प्रसाद पौडेल र राधा पौडेल ले एक लाख पैसठ्ठी रुपैयाको अक्षयकोष खडा गर्नुभएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ खनाल ले सहभागी प्रमुख अतिथि विशिष्ट अतिथि अतिथि अभिभाबक विद्यार्थी सम्पूर्ण प्रति आभार प्रकट गर्दै विद्यालयको ६४ औं बार्षिकोत्सव मनाउन पाउँदा खुशी व्यक्त गर्दै विद्यालयको प्रगतिको कामना सहित कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय