इलाममा भ्यान दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर

२०८१ बैशाख १९, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलाम,१९ वैशाख। इलामको मेची राजमार्गको राङ ४ बाघखोर सडकखण्डमा मारुती भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा देउमाई नगरपालिका ६ इलामका २५ वर्षीय दिपेश राई रहेकाे जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डिएसपी प्रकाश जवेगुले जानकारी दिनुभयाे । 

 घाइते हुनेमा देउमाई नगरपालिका ६ कै अन्दाजी २० वर्षीय विश्वास राई छन् । उनको अवस्था पनि गम्भीर छ । उनलाई थप उपचारका लागि झापा पठाइएको छ ।

झापाबाट इलामतर्फ गइरहेको मे १ ज ३२६३ नम्बरको मारुती भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय