बागमती संसदीय समितिको सभापतिका लागि आज मनोनयन दर्ता

२०८१ जेष्ठ ४, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मकवानपुर ,४ जेठ। बागमती प्रदेश संसदीय समितिको सभापतिको निर्वाचनको लागि आज शुक्रबार मनोनयन दर्ता हुने भएको छ । प्रदेशसभा सचिवालय हेटौँडाले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम तालिका अनुसार आज मनोनयन दर्ताको गरिने छ ।

प्रदेशसभाका प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, उद्योग पर्यटन तथा वातावरण समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापति पदको निर्वाचनका लागि दलहरूले उम्मेदवार सिफारिस गरी मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।

सम्बन्धित समितिको सभापति पदमा निर्वाचनमा उम्मेदवार बन्न सो समितिका सदस्यले एक जना सदस्यको समर्थन सहित समितिको सभापति निर्वाचित गरियोस् भन्ने प्रस्तावमा प्रदेश सभा नियमावली (पहिलो संशोधन)२०७४ को अनुसूची– ३ बमोजिमको ढाँचामा पेस गर्नुपर्ने हुन्छ । उक्त प्रस्तावको आधारमा सचिवालयले निर्वाचन कार्यक्रम अनुसार प्रक्रिया अघि बढाउने छ ।

सचिवालयका अनुसार संसदीय समितिको सभापति निर्वाचनका लागि जेठ ४ गते दिउँसो ३ बजेदेखि ५ बजेसम्म कायम गरिएको छ भने मनोनयन फिर्ताका लागि ४ गते साँझ ५ बजेदेखि ६ बजेसम्म कायम गरिएको छ । साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय