डढेलो निभाउने क्रममा निधन भएकाको परिवारलाई आर्थिक सहयोग

२०८१ बैशाख १९, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

ललितपुर, १९ वैशाख । गोदावरी नगरपालिकाले डढेलो निभाउने क्रममा निधन भएकाको परिवारलाई जनही नगद रु पाँच लाख आर्थिक सहयोग गर्ने भएको छ ।

डढेलो निभाउने क्रममा गोदावरी –४ बडीखेलका शङ्कर पहरी र रमेश पहरीको अकालमा निधन भएको थियो । गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिलवालले बुधबार बसेको नगरकार्यपालिका बैठकले डढेलो निभाउने क्रममा निधन भएकाको परिवारलाई जनही नगद रु पाँच लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको जानकारी दिनुभयो । गोदावरी–३ स्थित नौधारा उपभोक्ता समितिका अध्यक्ष मदन पन्थले डढेलो १२ वर्षपछि यस क्षेत्रमा लागेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय