धार्मिक, सास्कृतिक र पर्यटकिय बस्तु संरक्षणमा युवा भेला

२०८१ बैशाख २०, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

युवराज पौडेल

स्याङ्जा, २० वैशाख । श्री शितला राचेदेवी मन्दिरलाई “बिकास र प्रवर्दन गर्न चैतेदशै मेला १” भन्ने मुल नाराका साथ फेदिखोला गाउपालिका ४ ढुकढुकी मिलन युवा परिवारको सकृयतामा आयोजना गरिएको नवौ राम्चेदेवी चैतेदशै मेला तथा खुल्ला भलिवल प्रतियोगिता सम्पन्न भएको छ ।

फेदिखोला गाउपालिका वडा कार्यलयको समेत सहकार्य रहेको कार्यक्रममा खुल्ला पुरुष भलिवल प्रतियोगितामा पोखरा २२ का खेलाडिहरु प्रथम भएका थिए भने शितला युवा क्लव ले दित्तिय स्थान हासिल गर्न सफल भएको छ ।
त्यस्तै गरि महिला, घैटो फुटाउने कार्यक्रममा सर्मिला बि.क र छेलो हान्ने प्रतियोगितामा प्रथम धनबहादुर नेपाली प्रथम हुनुभएको थियो , बिबिध सास्कृतिक कार्यक्रम सकेत गरि मेला सम्पन्न गरिएको छ ।

स्याङ्जा जिल्लाकै एतिहासिक धार्मिक स्थान मानिने उक्त राम्चे देवि मन्दिरको बिकास र प्रवर्दन को लागि हरेक बर्स चैतेदशै मेला साविक आरुखर्क १,२ र ३ का युवाहरुको सकृयतामा हरेक बर्स भई रहन्छ। देउ बहादुर गुरुङको सम्योजकत्वमा आयोजना गरिएको उक्त कार्यक्रमको प्रमुख अथिति , फेदिखोला गाउपालिका ४ का वडा अध्यक्ष ख्याम नारायण पौडेलले उक्त क्षेत्र को बिकास र प्रवर्दनको लागि स्थानिय सरकार सकारात्मक रहेको जानाकारी गराउनु भएको थियो ।

शितला राम्चेदेवी मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष राजकुमार ढकालको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सन्चालन नवौ चैतेदशै मेला आयोजक समितिका सचिव सुवास लामिछानेले गर्नुभएको थियो। फेदिखोलाकै एक प्रसिद्द ठाउ गाउपालिकाले पनि यस ठाउलाई चासो नदिएको राम्चे मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजकुमार ढकालले बताउनु भएको छ कालाभैरवमावर्षेनी बजेट छुट्टिएको छ यस ठाउमा किन बजेट छुट्टिएन यसमा पालिकाको नजर किन जादैन भनेर आफ्नो भनाई राख्नु भएको थियो १ देश विदेशमा बस्ने स्थानियहरुको गुनासो व्यापक रहेको छ बाटो घाटो खानेपानि को असुविधा छ भौतिक संरचनाहरु जिर्ण छन राम्चे त गाउपालिकाकै एक चिनारी हो भनेर आवाज उठन थालेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय