पाल्पामा आगलागीबाट ४० घरगोठ जले

२०८१ बैशाख २०, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पाल्पा, २० वैशाख । पाल्पामा जंगलमा लागेको डढेलो बस्तीमा पस्दा बुधबार राती ४० बढी घरगोठ जलेर खरानी भएका छन्। पाल्पाको रामपुर नगरपालिका ४ र ५ पूर्वखोला गाउँपालिकाको वडा नं ६ हेक्लाङमा जंगलमा लागेको डढेलो बस्तीमा फैलिएपछि ४० बढी घरगोठ जलेर खरानी भएका हाे।

पूर्वखोलाको हेक्लाङमा २५ घरगोठ जलेको छ भने सयौं गाई भैंसी, बंगुर बाख्रा कुखुरा आगोले जलेका वडा अध्यक्ष धनबहादुर घर्तीमगरले जानकारी दिनुभयो।

आगालगीबाट मानवीय क्षति नभए पनि नगद, लत्ता कपडा, तथा खाद्यान्न जलेर करोडौंको नोक्सान भएको वडा अध्यक्ष घर्तीले बताउनूभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय