प्रभु बैंकका ग्राहकलाई चिरायु नेशनल हस्पिटलको सेवामा विशेष छुट

२०८१ बैशाख ३०, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं , ३० वैशाख । प्रभु बैंक लिमिटेडका ग्राहक र कर्मचारीलाई बसुन्धरा स्थित चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युट प्रा.लिले अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

एक समारोहकाबीच चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युट का हस्पिटल डाइरेक्टर संजीव राज भण्डारी र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रवीन्द्र ढकालले समझदारी ज्ञापन पत्रमा हस्ताक्षर गर्नुभएकाे छ ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरूले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युटमा पेश गर्नुपर्ने छ ।

सम्झौता अनुसार प्रभु बैंकका कार्ड प्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका पारिवारले चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युट उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । साथै प्रभु बैकका कर्मचारी तथा ग्राहकहरूले आफ्नो बैक सँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युटले केही दशकदेखि निरन्तर स्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छानामुनि आकस्मिक उपचार देखि सघन उपचार उपलब्ध गराउँदै आइरहेको छ । स्वास्थ्यप्रति जागरूक नागरिकहरूको लागि यहाँ विभिन्न स्वास्थ्य परीक्षण प्याकेजहरू मार्फत नियमित स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवाहरू समेतको व्यवस्था रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्झौता समारोहमा प्रभु बैंकका बजार व्यवस्थापक, सबिन राणा, दीना चित्रकार तथा चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युटका व्यापार प्रवर्धन व्यवस्थापक को समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय