शिक्षकको योगदान बिर्सनेहरू समाप्त हुन्छन् : सांसद थापा

२०८१ बैशाख ३०, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युवराज पौडेल

स्याङ्जा ,३० वैशाख । नेपाली काङ्ग्रेसका सभापति तथा प्रतिनिधी सभाका सांसद राजु थापाले शिक्षकले लोकतन्त्र र गणतन्त्र स्थापनाका क्रममा पुर्याएको योगदानको अवमूल्यन गर्नेहरू आफै समाप्त हुने बताउनुभएको छ । शनिबार शिक्षक सङ्घको ३५ ओैँ स्थापना दिवसको अवसरमा शिक्षक सङ्घ स्याङ्जाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै थापाले उक्त कुरा बताउनुभएको हो ।

शिक्षक सङ्घ स्याङ्जाद्वारा आयोजित सम्मान तथा रक्तदान कार्यक्रममा बोल्दै थापाले २०३६ साल, २०४६ साल, २०६२/६३ सालको आन्दोलनका क्रममा थुप्रै शिक्षकहरू साहदत भएको, थुप्रै अङगभङ्ग भएको र कतिपयको जागिर गुमेको बताउँदै लोकतन्त्र ल्याउन शिक्षकले गर्नुपरेको सङ्घर्षको वास्तविकता नबुझ्नेहरूले शिक्षकलाई तर्साउन खोजे पनि शिक्षकहरू विचलित हुनु नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जसले लोकतन्त्र ल्याउन एक थोपा पसिना बगाएको छैन, उसले लोकतन्त्रमा शिक्षक बुद्धिजीवीको योगदानको कदर गर्न सक्दैन ।”

उहाँले वर्तमान सरकारका गृहमन्त्री सहकारी ठगीमा मुझिएकाले नै संसदीय छानविन समिति गठन गर्न डराएर कहिले प्रधानमन्त्री कहिले महान्याधिवक्ता कहिले प्रहरी प्रमुखलाई स्पष्टीकरण दिन लगाएको बताउनुभयो । सत्ता छट्टुहरूको हातमा गएकाले सरकारले अनेक फण्डा ल्याइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय