एमाले संसदीय दलको बैठक बस्दै, संसद अवरोध खुलाउनेबारे छलफल हुने

२०८१ जेष्ठ २, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,२ जेठ। नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार मध्याह्न साढे १२ बजे नयाँ वानेश्वरस्थित लोत्से हलमा बैठक बस्नेछ ।

सरकारको नीति तथा कार्यक्रम र संघीय संसदमा जारी अवरोधका विषयमा छलफल हुने प्रमुख सचेतक बर्तौलाले जानकारी दिनुभयाे।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम बाचन गरेका थिए । उक्त कार्यक्रममाथि हुने छलफलमा के कस्ता विषय राख्ने भनेर एमालेले संसदीय दलको बैठकमा छलफल गर्न लागेको हो ।

साथै, संघीय संसदमा जारी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधबारे समेत छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय