सहकारी ठगि प्रकरणमा छानविन समिति गठन गर्नुपर्ने माग राख्दै नेविसंघले गर्याे प्रदर्शन

२०८१ जेष्ठ २, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २ जेठ । सहकारी ठगि प्रकरणमा छानविन समिति गठन गर्नुपर्ने माग राख्दै नेविसंघले काठमाडौंमा प्रदर्शन गरेको छ ।

सहकारी ठगि प्रकरणमा गृहमन्त्रीको पनि संलग्नता रहको प्रमाण रहेकाले संसदीय समिति बनाएर नै छानविन गर्नुपर्ने भन्दै उनीहरुले बुधबार काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडी प्रदर्शन गरेका हुन् ।

उनीहरुले राज्यको मिलोमतोमा गृहमन्त्रीलाइ जोगाउन खोजेको आरोप समेत लगाएका छन् । प्रदर्शनमा सहभागीहरुले रवि दाई खै जिवि राई, सहकारी ठगि को प्रमाण यहाँ छ, सहकारी पिडितलाई न्याय दे लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

नेविसंघ केन्द्रीय सदस्य धर्मराज खनालले सहकारी प्रकरणमा अरवौ रकम हिनामिना भएको र त्यसमा गृहमन्त्रीको संलग्नता देखिएकाले छानविनका लागि दवाव दिन प्रदर्शन गरिएको बताउनुभयो ।

त्यस्तै नेविसंघले गिरीबन्धु चिया बगानको जग्गाको पनि छानविन गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय