सहकारी ठगी र गिरीबन्धु टी प्रकरणको छानबिनको माग गर्दै नेविसंघको प्रदर्शन

२०८१ जेष्ठ ६, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ६ जेठ । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले सहकारी ठगी र गिरीबन्धु टी_स्टेटमा भएको भ्रष्टाचारको छानबिन गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन गरेको छ ।

नेविसंघले आइतबार माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै ¥यालीसहित प्रदर्शन गरेको हो । सहकारी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिनुपर्ने र गिरीबन्धु चिया बगानको जग्गा सट्टापट्टाको विषय छानबिन माग गर्दै नेविसंघले प्रदर्शन गरेको हो ।

उनीहरूले सहकारी अनियमितता प्रकरणमा फरार जीवी राईलाई तत्काल पक्राउ गरी कानुनी कठघरामा उभ्याउन पनि माग गरेका छन् । प्रदशर्नमा उत्रिएकाहरुले चिया छानेको सहकारी ठग जोगाउन कत्ति जानेको, अब सिधा कुरा सहकारी ठगसँग, जीवि राई कहाँ छ रु ए रवि दाई खै त जीवि राई लगायत लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

सहकारी अनियमितता प्रकरणमा प्रमुख प्रतिपक्ष कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरिरहेको बेला उसको भातृ संगठन पनि सडकमा उत्रिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय