उपसभापति गुरुङले गृहमन्त्री लामिछानेलाई कारबाही गर्न माग

२०८१ जेष्ठ ७, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,७ जेठ । कांग्रेस उपसभापति धनराज गुरुङले सत्य तथ्य नबोल्ने उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेलाई कारबाहीको माग गर्दै संसद्‌मा निवेदन पेश गर्नुभएको छ ।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्रीले सर्वोच्च अदालतले १६ वर्ष पहिले गरेको फैसलामाथि धावा कुटनैतिक राहदानी सम्बन्धी संसद्‌मै मिथ्या आरोप लगाएको भन्दै उहाँले सभामुख देवराज घिमिरेलाई सो निवेदन बुझाउनुभएको हो ।

उहाँले भन्नुभयो ‘देशको गृहमन्त्रीले अनैतिक रुपमा तथ्यहीन कुरा गर्दा संसद्को अवहेलना हुन पुगेको छ । उहाँले बोलेका कुराहरू पुष्टि गर्न म उहाँलाई चुनौति दिन चाहन्छु । पुष्टि नभएमा उहाँमाथि कारबाहीको माग गर्छु । ‘

प्रतिनिधि सभा नियमावलीको नियम २१९ मा सभाका सदस्यले पालना गर्नुपर्ने आचरण पनि निज गृहमन्त्रीले पालना नगरेकोले सोतर्फ समेत विचार गरी निजलाई संसद्को अवहेलनामा कारबाही गर्न गम्भीर रूपले माग गर्दछु,’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय