काठमाडौँ, ८ जेठ। कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध मङ्गलवार पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको हो ।
सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएको थियो । यता, नागरिकतासम्बन्धी विवादमा सिरोहियाले गृह मन्त्रालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।