गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्धको मुद्दामा सु्नुवाइ हुँदै,आजै फैसला आउने

२०८१ जेष्ठ १४, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १४ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ। न्यायाधीश कुमार रेग्मी र सुनिल कुमार पोखरेलको इजलासमा मुद्दाको सुनुवाइ हुँदै आएको छ।

यसअघि जेठ ९ गतेको इजलासमा दुवै पक्षका कानुनी व्यवसायीहरूको बहस सकिएको थियो। आज जवाफी बहस हुनेछ। जवाफी बहस सकिएपछि आजै फैसला आउने संभावना छ।

मुख्यमन्त्री अधिकारीले पाएको विश्वासको मत बदर गरी आफूलाई ठूलो दलको हिसाबले मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै पूर्वमुख्यमन्त्री सुरेन्द्र पाण्डेले सर्वोच्चमा रिट दायर गर्नुभएकाे थियाे। मुख्यमन्त्री अधिकारीले प्रदेश सभामा राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ३० मत र विपक्षमा २७ मत खसेको थियो। मतदानपछि सभामुख कृष्ण प्रसाद धितालले संविधान र सर्वोच्चको फैसला अनुसार आफूले पक्षमा मतदान गर्ने बताउँदै अधिकारीको पक्षमा बहुमत प्राप्त भएको घोषणा गर्नुभएकाे थियाे।

गण्डकी प्रदेश सभामा सभामुखसहित ६० सदस्य रहेकोमा बहुमतका लागि ३१ मत आवश्यक थियो। तर,सभामुखले अधिकारीलाई विश्वासको मत दिइ बहुमत प्राप्त गरेको घोषणा गरेपछि कांग्रेसले नाराबाजी गरेको थियो।

यसअघि अधिकारीको नियुक्ति असंवैधानिक भन्दै गण्डकी कांग्रेसका संसदीय दलका नेता एवं निर्वतमान मुख्यमन्त्री पाण्डेले सर्वोच्चमा रिट दायर गर्नुभएकाे थियाे। तर, अदालतले उक्त रिट खारेज गरिदिएको थियो। सर्वोच्चले रिट खारेज गरिदिएपछि अधिकारीले विश्वासको मत लिनुभएकाे थियाे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय