स्याङ्जामा लागुऔषध सेवन गरि सवारी साधन चलाउने ६ चालक पक्राउ

२०८१ जेष्ठ २२, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा , २१ जेठ । स्याङ्जाको पुललिबजार सडकमा लागुऔषध सेवन गरि सवारी साधन चलाउने ६ चालकलाई पक्राउ गरिएको छ ।

दुर्घटना न्युनिकरण एवम सार्वजनिक यातायात सुरक्षित र भरपर्दो  बनाउने उद्देश्य चेकिङ गर्दा पुतलीबजार नगरपालिका वडा न ४ नौडाडा लगाएत सिदार्थ सडकमा १८ सवारी साधन चेक गर्दा ६ जना लागुऔषध सेवन गरेर चलाउन ६ जना पक्राउ गरिएको हो ।

लागुऔषध सेवन गरेर सवारी साधन चलाउनेमा स्याङ्जा पुतलीबजार नगरपालिका र कालिगण्डकि गाउपालिका रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा स्याङ्जा पुतलीबजार नगरपालिका वडा न ३ बस्ने ३८ बर्षिय किरण बहादुर हमाल बस चालक , कालिगण्डकि गाउपालिका वडा न ६ बस्ने ३५ बर्षिय गुमन बहादुर दर्लामि टिप्पर चालक ,पुतलीबजार नगरपालिका वडा न ३ बस्ने २७ बर्षिय अमन अलि मिया अटो चालक ,पुतलीबजार नगरपालिका वडा न ७ बस्ने २९ वर्षिय दिलिप सिंह ठकुरी अटो चालक , पुतलीबजार नगरपालिका वडा न १ बस्ने ४२ वर्षिय राम श्रेष्ठ ट्याक्सी चालक र पुतलीबजार नगरपालिका वडा न ७ बस्ने ३८ वर्षिय मंगल बहादुर दर्जि जिप चालक रहेको सुचना अधिकारी रानाले बताउनुभयो ।

सार्वजनिक हित नैतिकता विरुद्ध को कसुरमा मुद्दा दर्ता गरि ५ दिनको म्याद थप गरि थप अुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय