स्याङ्जामा ६ चालकलाई सार्वजनिक हित बिरुद्धको मुद्धा

२०८१ जेष्ठ २३, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा,२३ जेठ । सिद्धार्थ राजमार्गमा सवारी चलाउदै आएका ६ जना चालक ‘सार्वजनिक हित र नैतिकता बिरुद्धको कसुरमा’ परेका छन् । सिद्धार्थ राजमार्गमा अबैध लागुऔषध गाँजा सेवन गरी सवारी चलाएको आरोपमा प्रहरीले ६ जना चालकलाई ‘सार्वजनिक हित र नैतिकता बिरुद्धको कसुरमा’ मुद्धा चलाएर कारवाहीमा परेका हुन् । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको संयुक्त राजमार्ग चेकिङका क्रममा उनीहरुको ड्रग्स युरिन टेष्ट चेकिङ गर्दा लागु औषध सेवन गरेको भेटिएपछि नियन्त्रणमा लिएर मुद्धा चलाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनभयो । सवारी दुर्घट्ना न्युनिकरण एंव सार्वजनिक यातायातलाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउने उदेश्यले सिद्धार्थ राजमार्गमा चल्ने सवारी चालकको लागु पदार्थ सेवन चेकिङ् प्रहरीले गर्दै आएको छ ।

प्रहरीले सिद्धार्थ राजमार्गको पुतलीबजार नगरपालिकाको ४ नौडाँडामा गरिएको चेकिङ्मा १८ सवारी साधनका चलकलाई किट द्धारा लागुऔषध चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा अबैध लागु औषध गाँजा समेत सेवन गरी सवारी साधन चलाउने ६ जना चालक नियन्त्रणमा परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रानाले बताउनुभयो ।

प्रवक्ता रानाका अनुसार पक्राउ पर्नेमा स्याङ्जा पुतलीबजार नगरपालिका ३ बस्ने ३८ बर्षका सार्वजनिक बस चालक किरण बहादुर हमाल, कालीगण्डकी गाउँपालिका ६ बस्ने ३५ बर्षिय टिप्पर चालक गुमन बहादुर सिंजाली, पुवनपा ७ बस्ने २९ बर्षिय अटो चालक दिलिप सिंह ठकुरी, पुवनपा १ बस्ने ४२ बर्षिय ट्याक्सी चालक राम श्रेष्ठ र पुवनपा ७ बस्ने ३८ बर्षिय जिप चालक मंगल बहादुर दर्जी नियन्त्रणमा परेका छन् । उनीहरुलाई ५ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको छ । पछिल्लो समय प्रहरीले लापसे सेवन गरी सवारी चलाउने चालकलाई निकै चासोका साथ हेरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शालिग्राम शर्मा स्याङ्जा आएपछि यो कार्यलाई प्रथामिता दिनुभएको छ । उहाँको सक्रियता बढेसगै लापसे सेवन गरी सवारी चलाउने धमाधम पक्राउ पर्दै आउनुुभएको छ । यसभन्दा अगाडी पनि सिद्धार्थ राजमार्गमा गरिएको ड्रग्स युरिन टेष्टमा ६ जना चालक नै पक्राउ परेका थिए । १८ दिन थुनामा रहेर ८÷८ हजार धरौटीमा उनीहरु रिहा भएका थिए । राजमार्ग मात्रै नभएर स्याङ्जाका भित्रि सडकमा पनि लागु पदार्थ सेवनको चेकजाँच अगाडी बढाउने जिल्ला प्रहरी प्रमुख शर्माले बताउनुुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय