नेपालले राजतन्त्र फर्काउनका लागि धेरै टाउको नदुखाउनुस : माधव नेपाल

२०८१ जेष्ठ २६, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ,२६ जेठ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजतन्त्र फर्काउनका लागि धेरै टाउको नदुखाउन सुझाव दिनुभएको छ ।

पार्टीको कोशी सम्पर्क कमिटिले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले मुलुकबाट हटिसकेको राजतन्त्र फर्काउने कुरा दिवासपनामात्रै भएको भन्दै यसका लागि धेरै टाउको नदुखाउन बरु व्यापार गरेर बस्न सुझाव दिनुभएको हो । उहाले अहिले राजतन्त्र फर्काउन खोज्नेहरुको स्वर मधुरो हुदै गएको जिकिर गर्नुभयो । उहाले पार्टीहरुको प्रवृतिको विरोध गर्ने गरेपनि अहिलेको संक्रमणकालीन अवस्थामा कुनै दललाई शत्रु घोषित नगर्ने स्पष्ट पार्नुभयो ।

अध्यक्ष नेपालले मधेशमा पुरानो गठबन्धनबाट मुख्यमन्त्रीको प्रस्ताव आएपनि पार्टीको हितलाई मध्यनजर गर्दै नयाँ गठबन्धनकै निर्णय अनुसार अघि बढिएको बताउनुभयो । मुलुकको परिस्थीति अनुसार पनि केन्द्रको गठबन्धनलाई कायम राखेर जानुपर्ने अवस्था रहेको उहाको भनाइ छ । उहाले अहिले प्रधानमन्त्री प्रचण्डको भूमिकालाई सकारात्मक रुपमा लिएको बताउनुभयो । अध्यक्ष नेपालले समाजवादी मोर्चालाई पुनर्गठन गरेर अघि बढ्ने प्रयास भइरहेको जानकारी दिनुभयो ।

अध्यक्ष नेपालले मुलुकलाई समाजवादको बाटोतर्फ अघि बढाउन जनवादी क्रान्तिको आवश्यकता पर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय