बजेटका कमीकमजोरी सच्याउन सरकारसँग कुरा गरिरहेको छु : अध्यक्ष ओली

२०८१ जेष्ठ २६, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ,२६ जेठ। नेकपा एमालेका अध्यक्ष केपी ओलीले बजेटलाई प्रभावकारी बनाउने बिषयमा सरकारसंग कुरा भइरहेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको अधिवेशन उद्घाटन गर्दै ओलीले बजेटमा देखिएका कमीकमजोरी सच्चाउदै यसलाई प्रभावकारी बनाउनका लागि आफुले सरकारसंग कुरा गरिरहेको बताउनुभएको हो ।

उहाले उत्पादनका माध्यमबाट पूँजी बृद्धि गर्दै मुलुकलाई बिकासको बाटोतर्फ अघि बढाउनुपर्नेमा जोड दिनुभयो । औद्योगिक क्षेत्र स्थापना भएपनि उद्योग बन्न नसक्नु, लगानी सम्मेलन गरेपनि लगानी भित्रन नसक्ने अवस्थालाई अन्तय गर्नुपर्ने उहाले बताउनुभयो ।

ओलीले नेपालमा थोरै लगानी र योगदान गरेर धेरै प्रतिफल बाहिर लिएर जाने अवस्थाको गम्भीतापूर्वक समिक्षा गर्नुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले पछिल्लो समय मुलुकको आर्थिक सूचकांक हेर्दा आर्थिक अवस्था सुधार हुँदै गएको बताउनुभयो । उहाले आगामी मौद्रीक नीति सहज रुपमा आए यसअघिको अप्ठेरो हट्दै जाने धारणा राख्नुभयो ।

उहाले निजि क्षेत्रका बिषयहरुलाई एकै ठाँउमा समेटेर सम्पूर्ण उद्योगी व्यवसायीको हितका लागि अघि बढ्न महासंघ तयार रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय