स्याङ्जा-काठमाडौँ सम्पर्क समितिको अध्यक्षमा प्रितम गैह्रे

२०८१ जेष्ठ २८, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २८ जेठ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) स्याङ्जा काठमाडौँ सम्पर्क समन्वय समितिको अध्यक्षमा पिताम्बर गैर्हे (प्रितम) निर्वाचित हुनुभएकाे छ । सम्पर्क समन्वय समितिको प्रथम सम्मेलनले गैर्हेको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

काठमाडौँको पर्दशनी मार्गमा शनिबार सम्पन्न सम्मेलनले चयन गरेको कार्यसमिति उपाध्यक्षमा शिव पोख्रेल, नितु क्षेत्री, त्यसैगरी सचिवमा सुरेन्द्र पौडेल (सुरेस), त्यसैगरी सह-सचीव लाल ब. विश्वकर्मा र राजन कार्की निर्वाचित हुनुभएकाे छ ।

माओवादी केन्द्रका सम्पर्क समन्वय समिति सह-इन्चार्ज एंव स्थायी समति सदस्य यसोदा सुवेदी, अनेमसंघ (क्रान्तिकारी)का अध्यक्ष एंव स्थायी समिति सदस्य अमृता थापामगर, केन्द्रीय सदस्य तथा स्याङ्जा जिल्ला इन्चार्ज शैलेन्द्र घिमिरे, सम्पर्क समन्वय समिति गण्डकी प्रदेश अध्यक्ष रामप्रसाद भन्तना लगायतको उपस्थितिमा सम्मेलन सम्पन्न भएकाे थियाे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार