बजेटलाई देशको बिकासका लागि जनता केन्द्रीत बनाउनुपर्छ : अध्यक्ष ओली

२०८१ असार १, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ,१ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटलाई देशको बिकासका लागि जनता केन्द्रीत बनाउनुपर्ने बताउनुभएको छ ।

शनिबार संसद भवन बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले एकदुई जनाको मुख हेर्नका लागि नभइ बजेटलाई देशको बिकासका लागि जनता केन्द्रीत बनाउनुपर्ने बताउनुभएको हो ।

उहाले देशलाई गरिबीतिर जानबाट रोकेर विकासतर्फ अगाडि बढाउनका लागि एमाले सरकारमा गएको भन्दै ओलीले त्यही बिषयमा कमजोरी भए सन्तोष मान्न नसकिने धारणा राख्नुभयो ।

त्यस्तै ओलीले एमालेमाथिको हमला तीव्र रहेको भन्दै त्यसको उचित समयमा जवाफ दिनुपर्ने बताउनुभयो । आफुले ५ अर्व खायो भन्ने हल्ला सुनेको र यो प्रतिक्रियाबादीहरुको राष्ट्रिय शक्तिलाई कमजोर पार्ने खेलमात्रै भएको उहाको भनाइ छ । ओलीले एमालेमाथिको विश्वास हटाउने कामलाई चिर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।

संसदीय दलको बैठकमा संसदीय दलको कामका बारेमा छलफल भएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई सुझाव तथा जिज्ञाशा राख्ने काम बैठकमा भएको उहाले बताउनुभयो ।

बर्तौलाले अहिलेको बजेट प्रभावकारी ढंगले आउनका लागि छलफल कम भएकै कारण गुनासा आएकाले यसलाई अन्यथा लिन नहुने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय