प्रभु बैंकले कालिकोटको मान्मामा सञ्चालनमा ल्यायो ३०५ औं शाखा

२०८१ असार ३, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ , ३ असार । प्रभु बैंकले कालिकोटको खाडाचक्र नगरपालिका १ स्थित मान्मामा असार २ गतेदेखि ३०५ औं शाखा सञ्चालनमा ल्याएको छ।

कम्पनीले विभिन्न स्थानमा नयाँ शाखा सञ्जाल विस्तार गर्ने क्रममा मान्मा पनि ३०५ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको हो ।

कम्पनीले व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घरआँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको बताएको छ । यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको पनि उहाँले बताउनुभएकाे छ ।

मान्मा शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ विश्वास लिएको कम्पनीले बताएको छ ।

कम्पनीका नेपालभर ३०५ शाखा कार्यालयहरु, २८६ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टर छन् ।कम्पनीले छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको पनि बताएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय