काठमाडौं, ४ असार । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि पोख्नुभएकाे छ ।
सांसद बास्कोटाले भन्नुभयाे, ‘मैले सोचेको थिएँ सरकार फेरियो, सत्ता समीकरणको प्रतिबद्धता पनि फेरियो । अर्थमन्त्रीले भन्नुभयो- छलाङ हानिन्छ । शीर्षक हेर्छु, विनियोजित रकम हेर्छु छलाङ, जसको हातमा डाडुपन्यु त्यतैतिर हानिएको छ । के यो १५औं पञ्चवर्षीय योजना सम्पन्न गर्नेगरी आयो ? १६औं योजनाको लक्ष्य भेट्नेगरी आयो ? ५ लाख पनि बजेट छुट्याइएको छ, शीर्षक छ, बजेट छैन ।’
उहा्लेँ भन्नुभयाे, ‘प्रत्यक्ष निर्वाचन लडेर तल हुने नहुने सारा सपना बाँडेर घोषणापत्र हेरेर बोलेर आइयो । के हामी यहाँ ढाटको मानु पचाउन बोल्नुपर्ने ? सत्ता समीकरणको पनि छनक छैन । तीतो भए होस्, सत्य यही हो । भेट्न र कुरा गर्न पाइएन । बजेट त लक हुन्छ नै मन्त्रालयको ढोका पनि लक भए । दुश्मनै त होइनौं होला हामी पनि ।’