११ देशमा राजदूत नियुक्तिको लागि मन्त्रिपरिषद् बैठक बस्दै,

२०८१ असार ७, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ,७ असार। आज अपराह्न चार बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा चार बजे मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद्को बैठक सामान्यतया साताको सोमबार र बिहीबार बस्ने गर्दछ । यो साता सोमबार नबसेको बैठक शुक्रबार बस्न लागेको हो ।

बिहीबार बेलुका प्रधानमन्त्री प्रचण्डसहित एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री समेत रहेका रास्वपाका सभापति रवि लामिछानेले राजदूत भागबन्डा टुग्याएका थिए ।

एमालेले ८, रास्वपाले २ र माओवादीले एक राजदूत पाउने बताइएको छ । अघिल्लो मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएपछि ती स्थानमा राजदूत नियुक्तिका लागि सिफारिस गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय